काठमाडौ – ढाका – काठमाडौ उडान सम्बन्धि अत्यन्त जरुरी सुचना

यहि ५ नवम्बर २०२० तदनुसार २०७७ कार्तिक २० गते बिहिवारका दिन हिमालय एअरलाईन्सको काठमाडौ – ढाका – काठमाडौ चार्टर्ड उडानहुने भएकोले नेपालबाट बंगलादेश आउन चाहने र बंगलादेशबाट नेपाल जान चाहने ईच्छुकहरुले हिमालय एअरलाईन्सको आधिकारिक एजेन्सीहरुमा समपर्क गर्नु हुन जानकारी गराईन्छ। साथै नेपालबाट बंगलादेश आउने यात्रुहरुले स्विकृति प्राप्त अस्पताल/ ल्याबबाट  र बंगलादेशबाट नेपाल जान चाहने यात्रुहरुले बंगलादेश सरकारले तोकेको २६ वटा स्वास्थ्य संस्था/ ल्याब मध्येबाट ७२ घण्टा भित्रको पि.सि.आर. निगेटिभ रिपोर्ट अनिवार्यरुपले साथमा ल्याउन सुचित गरिन्छ।

बंगलादेश सरकारले विदेश यात्रा गर्नेहरुकोलागि तोकेका स्वास्थ्य संस्थाहरु निम्न रहेका छनः

बंगलादेशमा रहेका नेपाली नागरिकहरू जो नेपाल फर्कन चाहान्छन् उनीहरूलाई तलको लिंकमा आफ्ना विवरणहरू दर्ता गर्न अनुरोध गरिएको छ।

Repatriation Form