पहिलो उडानबाट प्राथमिकतामा परी नेपाल फर्कन लागेका नेपाली नागरिकहरुलाई सूचना

बङ्गलादेशबाट प्राथमिकतामा परी हवाइ मार्गबाट स्वदेश फर्कने लागेका नेपालीहरुले स्वास्थ्य सम्बन्धी स्व- घोषणा फारम 2 (दुई) प्रति भरी अनिवार्य साथमा लिइ आउनु पर्ने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ ।साथै स्वास्थ्य सम्बन्धी स्व घोषणा फारम www.ccmc.gov.np बाट डाउनलोड गरी भर्न सकिने छ।

बंगलादेशमा रहनु भएका नेपालीहरुमा अपिल

वैश्विक महामारी (Pandemic) घोषित भैसकेको नोवेल कोरोना भाईरस (Covid19)को संक्रमणका कारण  विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिल सम्म लागु गरेको लक – डाउन संबन्धि सम्पुर्ण नियम एवं निर्देशको पुर्ण पालना गर्न हार्दिक